आज वाडा न.५ का कार्यालय उद्वघाट

852

रौतहट । गौर नगरपालिका वडा नं. ५ मा रहेको आधारभुत विद्यालय श्री बालमन्दिरको आज एक समारोह विच ४ कोठे भवन उद्घाटन गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले भवन उद्घाटन गर्दै भौतिक पूर्वाधारले अबको शैक्षिक विकासमा दुख नहुने बताउँदै गुणस्तर कायम गर्न सक्दा मात्र शैक्षिक विकास हुनेमा जोड दिनुभयो ।

गौर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामस्वार्थ यादवको विशेष पहलमा निर्मित ४ कोठे भवनमा बोल्दै नगर प्रमुख गुप्ताले बर्तमान सरकारले शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकता संग जोडिएका विषयलाई नगरले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

सामुदायिक विद्यालय नै भविष्यको देशका कर्णधार जन्माउने स्थान भएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लगानी हुनुपर्नेमा नगर प्रमुख गुप्ताले जोड दिनुभुयो । गौर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामस्वार्थ यादवले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा स्थानीय तह देखि सबै तहका सरकारले सहयोग र समन्वय आवश्यक भएको बताउनुभयो । आधारभुत विधालयका प्रधानाध्यापक गणेश यादवले विद्यालयमा खेलकुदको विकासका लागि प्राथमिकता दिइनुपर्नेमा जोड दिँदै संसारमा खेलकै कारण नाम राख्न सक्ने विद्यार्थी उत्पादन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

साथै विद्यालयका प्रधानाध्यापक यादवले यो ऐतिहासिक दिनले यस क्षेत्रका वालवालिकाको भविष्य सुदृढ हुनेमा विश्वस्त हुन सकिने अवस्था भएको बताउनुभयो । विद्यालयलाई सबै पक्षको सहयोगले मात्रै परिणाममुखी काम गर्न सकिने यादवले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष भरत साह, शेख जमसैद, राकेश झा, रामस्वार्थ यादव, श्यामसुन्दर पटेल , भुनेश्वर साहि, नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत पवन महतो, प्रेस मन्चका अध्यक्ष धर्मेन्द्र साह, विशलेषक चिरंन्जीबी सिंह, पत्रकार समाजसेवी, विधालयका शिक्ष शिक्षिका तथा विधार्थीहरुको सहभागीता रहेको थियो