आँखा चिलायो भन्दा अस्पताल पुगेका उनलाई चिकित्सकहरुले आँखामा जुका फेला

897

एजेन्सी- अहिले सामाजिक संजाल साथै अन्तराष्ट्रिय संचार माध्यममा एक समाचार भाइरल भएको छ। प्राप्त जानकारी अनुसार एक व्यक्तिको आँखाबाट जुका निकालिएको थियो।

आफ्नो आँखा चिलायो भन्दा अस्पताल पुगेका उनलाई चिकित्सकहरुले आँखामा जुका फेला पारेका थिए। घटना भारतको भएको बुझिएको छ। धेरै समय देखि आँखा दुख्ने र चिलाउने समस्याले ग्रसित उनी अस्पताल पुगे पछि उनको आँखामा जुका परेको खुलासा भएको हो।

पिडितको आँखाबाट जुका निकाल्दै गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरलनै बनेको छ। भिडियोमा चिकित्सक एक व्यक्ति आँखाको सर्जरी गर्दै गरेको देख्न सकिन्छ।

आँखाबाट चिकितासकले लगभग १५ सेन्टिमिटर लामो जुका निकालेको दृश्य पनि भिडियोमा देख्न सकिन्छ। सर्जरिमा संलग्न चिकित्सकले बताए अनुसार समयमानै उक्त व्यक्तिको आँखाबाट जुका ननिकालिएको भए पिडित व्यक्तिले केहि दिनमानै ज्योति गुमाउने थिए।

चिकित्सकहरुले आँखाबाट जुका निकाल्न भन्दा पनि उक्त जुकालाई आँखाबाट जीउँदै निकाल्नुलाई ठूलो चुनौतीको रुपमा लिएका थिए। यदि जुकाको आँखामै मृत्यु भएको भए पिडित व्यक्तिको आँखामा अन्य इन्फेक्सनको जोखिम पनि थियो।

चिकित्सकहरुले गरेको सफल सर्जरी पछि पिडित व्यक्ति अहिले स्वस्थ रहेका छन्। यति धेरै लामो जुका आँखाबाट निकालिएको विश्वमा सम्भवत पहिलो घटना भएको सर्जरिमा संलग्न चिकित्सकको भनाइ रहेको छ।