अक्षयको गुड न्युज सबैभन्दा माथि

345

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारलाई २ सय करोडको सफलता मिलेको छ । यसअघि उनको फिल्म मिसन मंगलले यो सफलता हासिल गरेको थियो ।

अक्षय कुमारले अभिनय गरेको फिल्म ‘गुड न्युज’ले प्रदर्शनको तेस्रो साता पूरा गर्दा भारतमा २ सय करोडमाथिको व्यापार गरेको हो । यो फिल्मले अक्षय कुमारलाई २ सय करोड क्लबमा उकालेको छ । राज मल्होत्राले निर्देशन गरेको फिल्म गुड न्युजमा अक्षय कुमार, करिना कपुर खान, कियारा आडवानी दिलजित दोसाँझलगायतको मुख्य भूमिका रहेको छ ।

अयक्ष कुमारका अहिलेसम्म रिलिज भएका फिल्ममा सबैभन्दा बढी कमाइ गर्ने फिल्म गुड न्युज बनेको छ । यो फिल्मले भारतमा कुल २ सय ३७ करोडको व्यापार गरेको छ । फिल्म अझै पनि केही हलमा प्रदर्शन भइरहेको छ । यसरी अक्षय कुमारको फिल्ममा सबैभन्दा बढी ग्रस व्यापार गर्ने रेकर्ड गुड न्युजले राखेको छ । यसअघि अक्षयकुमारको फिल्म मिसन मंगलले भारतमा कुल २ सय ३६ करोडको व्यापार गरेको थियो ।

टेस्ट्युबबाट गर्भधारण गर्ने क्रममा गर्भधारणको प्रक्रिया एक अर्कामा साटिँदा दुई दम्पत्तीबीच आएको तनावको कथामा यो फिल्म केन्द्रित छ । फिल्म हास्यप्रधान रहेका कारण दर्शकले रुचाएका हुन् ।