रौतहटसहित तराईका जनजीवन प्रभावित

727

रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ ।

जाडो बढेकोले दैनिक कामकाज गर्न समेत समस्या भइरहेको छ । जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेका छन् । चिसो बढेसँगै रौतहटका ठाउँठाउँमा आगो ताप्ने व्यवस्था नेपाल प्रहरीले छिटो मिलाएको छ । एक सतादेखि मौसम परिवर्तन हुँदा एकासी चिसो बढेका छ्न ।