रौतहटमा ११ लाखको कपडा बरामद

1241

२१ मंसिर, रौतहट । भन्सार छलेर भारत बाट नेपाल भित्राइएको ११ लाख भन्दा बढीको लताकपडा सशस्त्र प्रहरी बल रौतहटले बरामद गरेको छ ।
रौतहटको राजदेवी नगरपालिका ६ सेढवामा भारतीय सिमाक्षेत्र बाट तस्करी गरेर ल्याउदै गरेको लताकपडाहरु सशस्त्र प्रहरी बल नेपालको विओपी बेलबिछवाले नियन्त्रणमा लिएको हो । दुई वटा गाडीमा राखेर नेपाल तर्फ चोरी तस्करी गर्दै ल्याइ रहेको अवश्थामा सामान सहतिको गाडी नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ ।
कार्तिक महिनामा मात्रै अवैध रुपमा चोरी निकासी भएर आएको ५१ लाख भन्दा बढीको सामानहरु भन्सार कार्यालयमा बुझाएको ११ नम्बर गण हेड क्वाटरका प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताए । यहि वर्षको श्रावण देखी हाल सम्म सशस्त्र प्रहरीले १ करोड ७५ लाख भन्दा बढीको सामान भन्सार बुझाएको छ ।