रौतहटमा हतियारसहित तीन जना पक्राउ

926
फाइल फोटो

रौतहट । रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमार चौकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीया बस्ने ६६ वर्षीय छोटेलाल साह छन् । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरी निरीक्षक दिलबहादुर बस्नेत नेतृत्वको मोबाइल गस्ती टोलीले गएराति लगभग आठ बजे हतियारसहित पक्राउ गरेको हो ।