भारतीय कम्पनीको पेस्तोल र गोली बरामद

893
फाइल फोटो

२० मंसिर, जनकपुरधाम । सशस्त्र प्रहरीले महोत्तरीको जलेश्वरबाट अत्याधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली र म्याग्जिन बरामद गरेको छ ।

जलेश्वर नगरपालिका ६ स्थित सडक छेउबाट शुक्रबार विहान साढे १० बजे पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक एसपी निरकृष्ण अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार सडक छेउको खर झाडीमा राखिएको अवस्थामा भारतको आरडनान्स कम्पनीको आरपी १२१८२० को ७.६२ एमएमको पेस्तोल बरामद भएको हो ।

पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली र एक थान म्याग्जिनसमेत बरामद भएको एसपी अधिकारीले जानकारी दिए । अनलाइनखबर