बलिउड अभिनेत्री चर्चित रोहगतीलाई जेल चलान

779

काठमाडौँ । नेहरु माथि नकारात्मक टिप्पणी गरेको आरोपमा बलिउड अभिनेत्री पायल रोहतगी जेल चलान भएकी छिन्।

उनलाई अदालतले २४ डिसेम्बरसम्म थुनामा राख्न फैसला सुनाएको हो। भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु र उनका पिता मोतीलाल नेहरुविरुद्धमा रोहगतीले आपत्तिजनक भिडियो बनाएकी थिइन्। भिडियोलाई आधार मानेर उनलाई अहमदाबाद पुलिसले पक्राउ गरेको थियो।

अभिनेत्री रोहगतीलाई कुनै जमानत मिल्न सकेन । उनको जमानत र्कोटले खारेज गरेर जेल सजाय सुनाइएको छ ।

रोहतगीले पक्राउ परेको जानकारी ट्वीट मार्फत दिएकी थिइन्। उनले ट्वीटमा लेखेकी थिइन्, मलाई मोती लाल नेहरुमाथि बनाएको भिडियोका कारण राजस्थान प्रहरीले पक्राउ गरेको छ। भिडियोमा दिएको जानकारी मैले गुगलबाट निकालेकी थिए ।