पूर्व प्रधानमन्त्री नेपाललेद्वारा कम्बल वितरण

801

रौतहट । रौतहटमा अत्यधिक चिसो बढेपछि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कम्बल वितरण गर्नुभएको छ । गौर नगरपालिकाको वडा नम्बर २ का दलित, एकल, अपाङ्ग तथा वृद्धवृद्धा गरि झन्डै ३ सय जनालाई उहाँले कम्बल वितरण गर्नुभएको हो ।

गौरस्थित कन्या माध्यमिक विद्ययालयमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपाल र प्रदेश २ कमिटि सदस्य शम्भु शाहले शीतलहर प्रभावित परिवारलाई कम्बल वितरण गर्नुभएको थियो ।