अनियमितामा संलग्न प्र अ यादवलाई मेयरको संरक्षण सदस्य पासवान

1421

रौतहट ।। रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ३ तेजपाकड़मा रहेको आधारभूत विद्यालयका प्राध्यानध्यापक माधव प्रसाद यादवले लखौ रकम अनियमिता गरेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले आरोप लगाएका छन ।
व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरेर विद्यालयको रकम हिनामिन्हा गरेको आरोप लगाएको हो । व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र प्रसाद पटेलले प्राध्यानध्यापक यादवले विद्यालयको आर्थिक अनियमिता गर्नुको साथै शैक्षिक अवस्था ध्वस्त समेत बनाएको आरोप लगाए ।
विद्यालयमा अध्यनरत विद्यार्थीहरुको तीन आर्थिक वर्षको छात्रवृति वितरण नगरेको बताए । अध्यक्ष पटेलका अनुसार १ आर्थिक वर्षको रकम विद्यालयको खातामा रहेको छ भने एक आर्थिक वर्षको रकम वितरण गर्ने भन्दै रहेको तथा एक आर्थिक वर्षको रकम निजी प्रयोजनमा खर्च गरेको छ । स्थानीय अभिभावक तथा व्यवस्थापन समितिका सदस्य विशेष पासवानले प्राध्यानध्यापक यादवले विद्यालयको पूर्व प्राध्यानध्यापक मिश्रीलाल ठाकुरले दिएको ३ लाख ५८ हजार रकम समेत भ्रस्टाचार गरेको दावी गरेका छन ।
उनले विद्यालयको १४ वटा कोठामा सञ्चालन रहेको पसलको भाड़ा विगत ५ वर्ष देखिको ३५ हजार , काठ विक्री भएको ४५ हजार , खपड़ा विक्रीको ३६ हजार ,शौचालय निर्माणको लागि आएको ६ लाख सहित करीव १० लाख ७४ हजार रकमको अनियमिता भएको बताए ।
राजदेवी नगर पालिका वड़ा नम्बर ७ निवासी रहेका प्राध्यानध्यापक यादवले १७ दिन देखि विद्यालय नआएको , हिसाव किताब माग्दा नदिएको , पाठ्य पुस्तक खरीद गरेको ५० सेट र विल १०० सेटको विल बनाएर रकम निकालेका छन । विद्यालयका छात्र छात्राको लागि आएको छात्रवृतिको रकम समेत भ्रस्टाचार गरेको उनीहरुको आरोप रहेको छ ।
प्राध्यानध्यापक यादवले विद्यालय व्यवस्थापन समिति रहे सम्म हिसाव किताब नदिने भन्दै आएको पासवानले जनाए । पासवानले अनियमितामा संलग्न रहेका प्राध्यानध्यापक यादवलाइ नगरपालिकाका मेयरले नै संरक्षण गर्दै आएको दावी गरेका छ ।
दलित बालबालिकाको प्रोत्साहन भत्ता समेत वितरण गरिएको छैन । प्राध्यानध्यापक यादव संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।