८ किलो सुनसहित २ जना पक्राउ

806

काठमाणडाै ।। त्रिभुवन विमानस्थलबाट ८ किलो सुनसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको स‌ंयुक्त टोलीले चेन होङयाङ र चेन क्वीनहाङलाई ८ किलो सुनसहित पक्राउ गरेको हो।

बिहीबार राति नेपाल एयरलाइन्सबाट हङकङ हुँदै नेपाल आएका उनीहरूको साथबाट सुन बरामद भएको प्रहरीले जनाएको छ।

समातिएका दुबै चिनियाँ चीनको फुजियान प्रान्तका नागरिक हुन्। पछिल्लो समय हङकङ हुँदै नेपालमा सुन तस्करी भइरहेको छ। नेपालमा तस्कर गरेर ल्याइएको सुन भारत पठाउने गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै जनालाई गौशाला प्रहरीमा बुझाइएको छ। सेतोपाटी