सांसद आलमविरुद्ध तीन वटा मुद्दा दर्ता

832

रौतहट ।। बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई कर्तव्य गरी मारेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका रौतहट निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य महमद आफताव आलम सहित ११ जना माथि रौतहट जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ । अनुसन्धान प्रक्रिया संपन्न भए पछि जिल्ला सरकारी वकील कार्यालय मार्फत ३९ पन्नाको अभियोग पत्र दर्ता गरिएको हो ।
आलम माथि दिइएको ६ जना जाहेरीको आधारमा ११ जनालाइ प्रतिवादी बनाई थुनक्षेक प्रयोजनको निमित मुद्दा दर्ता भएको छ । अभियोग पत्र दर्ता भए पनि आरोपित आलमको व्यान लिने प्रक्रिया शुरू गरिएको छैन सोमबार देखि व्यान शुरू हुने बताइएको छ ।
पहिलो संविधान सभाको निर्वाचनको बेला मतदान हुने पूर्व संध्या चैत्र २७ गते भएको विस्फोटमा पिंटू भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर घाइते भएकोमा घाइतेलाइ जिउदै राजा ईटा भट्टामा जलाएको भनी श्री नारायण सिंह र रुकसाना खातूनले दिएको जाहेरीको आधारमा आलम लाइ प्रहरीले गएको आसोज २६ गतेका दिन गौर आउने क्रममा इदरीस गेटबाट पक्राउ गरेको थियो ।
आलम सहितका प्रतिवादीहरुलाइ विष्फोटक पदार्थ ओसार पसार तथा भण्डारण , ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानको कसूर अपराधमा सर्वस सहितको जन्म कैद सजाय मांग दावी गरिएको छ ।
यिनीहरु छन जाहेरी दिने
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर ४ बस्ने श्रीनारायण सिंह , रोक्साना खातून , जिल्ला सर्लाही गा वि स बेलबा जवदी ७ पिपरनाथ हाल गोडैटा नगरपालिका २ पिपरात निवासी ५९ वर्षीय सफी अहमद , जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पपु नायक , भारत विहार राज्यको जिल्ला सीतामढ़ी ग्राम पंचायत मुसाचक २ निवासी ४२ वर्षीय शंकर भनिने गौरी शंकर राम चमार र इलाका प्रहरी कार्यालय राजपुर फरहदवामा कार्यरत प्रहरी नायव निरीक्षक दीपक कुमार गुप्ता समेतको प्रतिबेदन ।
यिनीहरुलाई बनाइएको छन प्रतिवादी
राजपुर फरहदवा ४ निवासी ५७ वर्षीय मोहमद आफताव आलम , ४८ वर्षीय मोहमद महताव आलम , ६१ वर्षीय मोहमद मोवीन आलम , ४८ वर्षीय शेख भदई , वड़ा नम्बर ६ निवासी शेख सेराज , ४ बस्ने ६० वर्षीय शेख फाजिले हकÞ , ४८ वर्षीय सगीर आलम ४७ वर्षीय शेख जुमाइन भन्ने शेख मलकर , वड़ा नम्बर ५ बस्ने ४३ वर्षीय गौरी शंकर साह , जिला बारा सिम्रौनगढ़ नगरपालिका ४ बस्ने ५५ वर्षीय बद्री सहनी, र ४४ वर्षीय मुक्ति साह सहित ११ जना रहेको छ ।
मुद्दाका संक्षिप्त विबरण
२०६४ साल चैत्र २७ गते बेलुकी साढ़े ६ बजेको समयमा नेपाली कांग्रेसका उम्मीदवार मोहमद आफताव आलमको घरमा बम विस्फोट भएको जनतालाई आफ्नो प्रभावमा पारी धांधली रुपमा निर्वाचन जित्नलाइ भण्डारण गरी राखेको ग्रेनाइट तथा हाथ हतियार बनाऊं संकलन गरी राखेको विस्फोटक पदार्थ विस्फोट हुदा हाजिरवालाको छोराहरु पिंटू र ओसी अख्तर घाइते भएकोमा नजिकै रहेको चिमनीमा जलाई कर्तव्य गरी मारी लाश नस्ट गरेको हुदा कानून बमोजिम कार्यबाही गरी पाउ भन्ने २०६४ चैत्र ३० गते तत्कालीन उम्मीदवार शैलेन्द्र साह समेतले दिएको संयुक्त निबेदन पत्र २०६५ बैशाख १४ गतेको घटना स्थल मुचुल्का , चिमनिको खरानी प्रहरी लागेको भनी १५ गतेको घटना मुचुल्का १८ गतेको श्रीनारायण सिंह र रोक्साना खातूनको कितनी जाहेरी दरखास्त बम विस्फोटमा १ ,२ जनाको मृत्यु भएको र घाइतेलाइ ट्रेक्टरमा लोड गरी लागिदै गरेको बेला मानिस कराएको सुनेको भनी २० गते घटनाको प्रत्याक्षी सरजूल मियाको कागज , अनौपचारिक सेवा केन्द्रको प्रतिबेदन , मृतक अख्तरको काका मोहमद जाजुल , पत्नी आमना खातून , ससुरा समसुल मिया समेतले २०६५ बैशाख २८ गते गरेको संयुक्त कागज ६५ बैशाख २९ गते साजहांन खातून , कलाम मिया , जफरुल मिया , कागज तथा कसैलाई नजÞलाएको भनी इकलाख आलम , शेख फजले हकÞ , शेख स्वयव , शेख नथुनी , जुमन मिया , शेख हविव , मोजम्मिल आलम , आवास मिया , मसूदीन मिया , समेतले गरेको कागज अभियोग पत्रमा उल्लेख गरिएको छ ।
अभियोग पत्रमा प्रतिवादीहरुले घाइतेहरुलाई जलाएको भनी विजेन्द्र साह , राजेश कुमार साह , असगर अली खा , शैलेन्द्र साहले २०७६ साल आषाढ़ १२ गते अगाडी पछाडि गरी गरेको कितनी कागज उल्लेख गरिएको छ , आलम पक्राउ पर्नु ३ महीना पहिला नै यिनी हरु कागज गरेको देखिन्छ १ दर्जन भन्दा बढ़ी मानिसलाइ ईटा भट्टा मा जलाई मारेको कुरुर मानवता विरुद्धको अपराध गरेको आफताव आलम ,शेख महताव आलम , शेख भदई ,मोहमद मोवीन ,शेख सेराज लगायतका प्रतिवादीहरु माथि सर्वस सहितको जन्म कैदको मांग दावी गरिएको छ ।
प्रतिवादीहरु माथि लगाइएको कसूर अपराध
प्रतिवादीहरुले कानून विपरीत विस्फोटक पदार्थ बम लगायतका चीजबस्तु पैठारी गरी ल्याई भण्डारण गरेको तरफ प्रतिवादीलाइ विस्फोटक पदार्थ ऐन २०१८ को दफा ४ को कसूर गरेकोले सोही येनको दफा १०क बमोजिम सजाय र घाइते सफी अहमद र गौरी शंकर रामलाइ ज्यान मार्ने उद्योगको कसूर गरेकोले साविक मुलुकी ऐन २०२० को ज्यान सम्वन्धी महलको १ र १५ नम्बरको कसूर अपराध गरेकोले हाल प्रचलित मुलुकी अपराध सहिंता २०७४ को दफा १८३ ९१० समेतले अपराध गरेको हुदा १५ नम्बर तथा उक्त सहिंताको १८३९२० बमोजिम तथा घाइतेहरुलाई जिउदै जलाई कर्तव्य गरी मारी लाशहरु नस्ट गरेकोले साविक मुलुकी ऐन २०२० को ज्यान सम्वन्धीको महलको १ र १३९१० नम्बरको कसूर अपराधलाइ हाल प्रचलित मुलुकी अपराध सहिंता २०७४ को दफा १७७ ९१०ले कसूर कायम गरेको हुदा मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३ ९१० तथा अपराध सहिंताको दफा १७७९२० बमोजिम सजाय तथा प्रतिवादी मुक्ति साहले घटना दवाउने खोजेकोले अपराध सहिंता २०७४ को ३६९३०ख बमोजिम सजाय गरी पीड़ितलाइ क्षतिपूर्ति दिलाई पाउ भनी मागदावी सहित पक्राउ परेको आलमलाइ अभियोग पत्र सहित पेश गरिएको जिल्ला न्यायधिवक्ता खङींद्र राज कटुवालले बताएका छन । लगाइएको तीन वटै अभियोग पुस्टि भएमा ३२ वर्ष सम्म कैद सजाय हुन सकने छन ।