सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर १ मा मदानस्थल नजिक बम फेला

744

सर्लाही, मंसिर १४ गते । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर १ मा मदानस्थल नजिक बम फेला परेको छ । वडाध्यक्षकालागि भइरहेको मतदानस्थल नजिक नजिक शक्तिशाली बम फेला परेको प्रहरीले जनाएको छ ।

वडा नंं १ को कार्यालय स्थित मतदान स्थलबाट करिब साढे ३ सय मिटर उत्तर पानीखाने लोटा भित्र बम राखिएको थियो । लोटाबाट तार निकालेर मोबाईलमा जोडिएको अबस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मोबाईलमा बिहान ८ बजेर ५ मिनेटको समयमा विष्फोट हुने समय समेत मिलाईएको सुरक्षा स्रोतले जनायो ।

सुरक्षा स्रोतका अनुसार फेला परेको बममा पिईके बिस्फोटक पदार्थ भरिएको थियो । बिष्फोट हुनुभन्दा अगाडी नै स्थानीयले बम देखेपछि नेपाली सेना रणशेर गणबाट आएको बम डिस्पोजल टोलीले निष्कृय पारेको थियो । उक्त बम राती नै राखिएको अनुमान गरिएको छ ।