विश्व प्रसिद्ध गढीमाई मेला आज बाट शुरु

1069

बारा — प्रत्येक पाँच वर्षमा लाग्ने बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गते अर्थात् आज आईतवारबाट सुरु हुँने भएको छ । विश्व कै बढी बली चढने शक्तिपिठहरु मध्येको पहिलो स्थानमा रहेको गढीमाई मंदिरमा अहिंसावादीहरुले आ–आफ्ना ढंङ्गले बली रोक्ने रोकाउँने प्रयास गरे पनि पछिल्ला वर्षमा बलीको संख्यामा बृद्धि हुँदै आएको छ ।
मेलामा आउँने भक्तजनहरु मध्ये भारतबाट मात्रै ६५ प्रतिशत आउँने र बली चढाउँनका लागि पशुहरु समेत उनीहरुले नैं बढि ल्याउँने गरेको मेला समितीले जनाएको छ । एक गतेबाट सुरु हँुन लागेको यो मेलामा मंसिर १७ गते देखी मन्दिर परिसरमा भाकल गरेका परेवाहरु उडाउँने गरिन्छ । सो मेलामा शक्तिशाली रहेेेेको स्थानीयले बताएका छन ।