विवाहपञ्चमीमा अयोध्याबाट आएका जन्तीलाई राष्ट्रपति भण्डारीले भव्य स्वागत गरे

797

जनकपुरधाम, मंसिर १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भव्य स्वागत गरिएको छ । सीतारा विवाहपञ्चमीमा अयोध्याबाट जनकपुर आएका साधुशन्तका जन्तीलाई स्वागत गर्न शुक्रबार जनकपुर आएकी उनी जानकी मन्दिरमा समेत पूजा अर्चना गरेकी छन् ।

उनलाई जानकी मन्दिरमा महन्त लगायत पञ्चकन्याहरुले स्वागत गरेका छन् ।

चार वर्ष अघि विवाहपञ्चमी महोत्सवमै सहभागि हुन आएकी राष्ट्रपति भण्डारी विरुद्ध जानकी मन्दिरमा तोडफोड र ढुंगामुढा समेत भएको थियो ।

त्यस बेला राष्ट्रपति भण्डारीलाई एकल महिला भनेर गंगाजल छर्केर युवकहरुले मन्दिर चोख्याएपछि निकै विवादित बनेको थियो ।

राष्ट्रपतिलाई अपमानित गरेको विषयमा विवाद उत्कर्षमा पुगेको थियो । त्यतिबेला मधेश आन्दोलन चलिरहेको थियो । तर यसवर्ष भने अवस्था समान्य रहेकाले उनलाई भव्य स्वागत गरिएको छ ।