लागूऔषधसहित तीन जना पक्राउ

507

काठमाडौं २५ कात्तिक। पर्सा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका ५ का ३८ वर्षीय ईन्द्रबहादुर तामाङ, सोही नगरपालिका १० का २६ वर्षीय पदम तामाङ र सोही ठाउँका २२ वर्षीय रोशन तामाङ रहेका छन् ।

बिशेष सूचनाको आधारमा तीनै जनालाई वीरगञ्ज महानगरपालिका १३ स्थित परवानीपुरबाट आइतबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्लास्टिक र टेपले बेरिएको अवस्थामा १० पोका लागूऔषध गाँजाको धुलो जस्तो देखिने वस्तु र बा ५३ प ४०४७ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।