रौतहटमा शान्तिपूर्ण रुपमा उपनिर्वाचन हुँदै

1210
सजालबाट

रौतहट । रौतहटमा रिक्त स्थानमा शान्तिपूर्ण रुपमा उपनिर्वाचन भइरहेको छ । रौतहटको गढीमाई नगरपालिका वडा २ मा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा बिहानैदेखि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ ।

जहाँ वडाध्यक्ष पदमा नेकपाबाट जबार मिया, नेपाली काँग्रेसबाट दिपेन्द्र श्रेष्ठ, समाजवादी पार्टीबाट दिनेश दास तत्मा लगायत विभिन्न दल र स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दिएका छन् ।

वडा २ मा कुल १ हजार ८ सय ७० जना मतदाता रहेको जिल्ला प्रमुख निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए ।

गढीमाई नपा २ स्थित समाजबादी पार्टी बाट निर्वाचित वडा अध्यक्ष योगेन्द्र दाश तत्माको निधन पछि उपनिर्वाचन हुनलागेको हो ।

बिहान ७ बजे देखी सुरु भएको मतदान बेलुुकी ५ बजेसम्म हुने जनाइएको छ ।