राजपाको सपथ ग्रहण सम्पन्न

1394

रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल रौतहटको आज सपथ ग्रहण गरेका छन ।

पहिला देखि भइरहेको बिवादको कारण छुट्टाछुट्टै राजपा नेपाल रौतहटको जिल्ला अधिबेशन भएपनी शनिबार सपथ गरेका छन ।

रौतहटको बहुमतिय प्रणालीद्वारा निर्वाचित पदाधिकारिहरुले नवनिर्वाचित बरिस्ठ नेता एव प्रदेश सान्सद बाबुलाल साह र नवनिर्वाचित अध्यक्ष रामप्रवेश दासबाट पद तथा गोपनियताको सपथ ग्रहन गरेका छन ।

राम जानकि धर्मशाला गौरमा सयकडौ नेता कार्यकर्ताको उपस्थितिमा हर्सोउल्लासका साथ सपथ ग्रहण कार्यक्रम समपन्न भएको नवनिर्वाचित स सचिब सन्जित गिरिले बताए ।