राजपाको संयोजक पुन ः महतो

802

काठमाडौं, ४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डल संयोजकको जिम्मेवारी पुनः राजेन्द्र महतोले पाएका छन् ।

बुधबार बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालयमा बसेको अध्यक्षमण्डलको बैठकले सो निर्णय गरेको हो । यसअघि राजपा अध्यक्षमण्डलको संयोजक महन्थ ठाकुर थिए ।

अध्यक्षमण्डलको बैठकले तदर्थ समिति गठन निर्देशिकाअनुसार अहिलेसम्म पनि काम सम्पन्न नभएको २० दिनको समय थप गरिएको निर्णय गरेको छ ।

केन्द्रीय पर्यवेक्षकहरु आआफ्नो क्षेत्रमा गई मंसिर २५ गतेसम्म गठनसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउन अध्यक्षमण्डलले निर्देशन गरेको छ ।

राजपाको विधानमा चक्रीय प्रणालीअन्तर्गत अध्यक्षमण्डलको संयोजक २ र २ महिनामा परिवर्तन हुने भनिएको छ । सोहीअनुसार बिहीबारदेखि महतो पुनः संयोजक हुने भएका छन् ।