भन्सार छलीको ३५ सय केजी छोकडा बरामद

590

मनहर्वा : बाराबाट भन्सार छलेर भित्र्याईएको ठुलो परिमाणमा छोकडा बरामद भएको छ ।

सिम्रौंनगढ नगरपालिका–१, गोलागजं स्थीत रहेको शसस्त्र प्रहरी वलको टोलीले भारतबाट भन्सारछली गरी नेपाल ल्याउँदै गरेको ३५ सयकेजी छोकडा बरामद गरेको हो ।

आईतबार मध्यराती प्रहरीले नगरपालिकाको सोही वडा स्थित ईण्डोनेपाल बार्डर नजिकैबाट २१ वटा साईकलमा लोड गरि नेपाल ल्याउँदै गरेको अवस्थामा उक्त छोकडा बरामद गरेको शसस्त्र प्रहरी निरिक्षक कबिर मल्लले जानकारी दिए ।

बरामद भएको छोकडा आवश्यक कार्वाहीका लागि मुल भन्सार कार्यालय वीरगञ्ज पठाउने तयारी भैरहेको मल्लले जानकारी दिए । http://barakhabar.com/ बाट