बसमा दुर्घटना हुँदा १९ जनाको मृत्यु,१७ जना घाइते

1060
file photo

अर्घाखाँची // अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका–६ नरपानी रातामाटामा बस दुर्घटनाका घाईतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न प्रदेशसभा सदस्य कल्पना पाण्डेले आग्रह गरेकी छन् ।

घाईतेहरुलाई भैरहवा मेडिकल कलेजमा भेट्दै स्थानीय प्रशासनलाई घाईतेको उपचारमा कुनै कन्जुस्याँइ नगर्न आग्रह गरेकी हुन् ।

राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट निर्वाचित पाण्डेले दुर्घटनाले अर्घाखाँची शोकमा डुबेको भन्दै आजको दिनलाई जिल्लामा इतिहासकै कालो दिनका रुपमा चिनिने उल्लेख गरेकी छन् ।

अर्घाखाँचीको सदरमुकामवाट गोरीसिँगे आउँदै गरेको बसमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका छन् ।

दुर्घटनाका ७ जना गम्भीर घाइतेको उपचार बुटवल र भैरहवाका बिभिन्न अस्पतालमा भइरहेको छ । लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनामा मृत्तक ११ जनाको मात्रै सनाखत भएको छ ।

रातोपाटी