प्रधानमन्त्री ओली अस्पताल भर्ना

690

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । मंगलबार स्वास्थ्यमा समस्या आएपछि उनी त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा पुगेका थिए । चिकित्सकहरुले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, १४, ३० र मंसिर ८ गते गरी चारपटक डायलासिस गरिसकेको छ ।

ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । अहिले उनको उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जानकारी दिएको छ ।