प्रदेश २ प्रमुख परियार जनकपुरमा, भव्य स्वागत

932

जनकपुर // प्रदेश २ का नव नियुक्त प्रदेश प्रमुख तिलक परियार जनकपुर आइपुगेका छन् । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका प्रदेश प्रमुख परियार बुधबार बिहान काठमाण्डौंबाट जनकपुर आएका हुन् ।

उनलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर बिमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् ।एयरपोर्टको भिआईपी कक्षमा काठमाण्डौं जान लागेका उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले समेत स्वागत गरे । उनले मिथिला नगरीमा प्रदेश प्रमुख बनेर आएकोमा बधाई दिदै स्वागत गरे ।

स्वागत गर्न प्रदेश २ का मुख्यसचिव दिपक सुवेदी, प्रदेश प्रहरी प्रमुख प्रद्युमन कार्की, प्रदेश २ का प्रदेश प्रदेशसभा सदस्यहरुले स्वागत गरेका थिए । प्रदेश प्रमुख परियारको स्वागतमा स्थानीय तहका जनप्रतिनिधि सहित नेकपाका कार्यकर्ताहरुको बाक्लो भिड लागेको थियो । उनले आजै आफ्नो पदभार ग्रहण गरेका छन् । मधेश भवन भित्र रहेको प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरका हुन् । उनलाई भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले समेत स्वागत गरेका छन् ।

अघिल्लो सामग्रीभर्खरै बिरगंजमा गोलि चल्यो
यसपछिको सामग्रीदोस्रो दिन पनि जारी आलमको बयान
Avatar
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।