तिब्र गतिमा रहेको बस पुलबाट पल्टिदा २५ जना यात्रु घाइते

748

जनकपुरधाम, मंसिर १३ गते । बाराको निजगढ–८ स्थित उनासी पुलमा यात्रुबाहक बस पुलबाट तल खसेको छ । जनकपुरबाट छुटेको ना ४ ख ७९९० यात्रुबाहक बस पुलबाट १० फिट तल खसेको हो । तिब्र गतिमा रहेको बस खसेर पल्टिदा बसमा सवार २५ जना यात्रु घाइते भएका छन् ।

तीव्र गतिमा रहेका कारण बसको अगाडी पट्टा भाँचिएपश्चात अनियन्त्रित भएर बस पुलबाट खसेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक विकाश थापाले जानकारी दिए ।

घाइतेलाई स्थानीय निजगढ सामुदायिक अस्पताल प्रसूति गृहमा र्पुयाइएको छ । घाइतेमध्ये १९ जनालाई वीरगञ्जका विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरी निरिक्षक थापाले बताए । घाइतमध्ये एकजनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।