टेक्टर संग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा आगजनी

1147

रौतहट ।। पुर्व पस्चिम राजमार्गको लमाहा नजिकै रहेको लच्का छेउमा टेक्टर संग मोटरसाइकल ठोक्किदा मोटरसाइकल मा आगजनी भएको छ ।

मोटरसाइकल चालकको घटनास्थलमा नै ज्यान गएको छ ।निजगढ तर्फ बाट चन्द्रपुर आउदै गरेको ज १ त ३८५७ नम्वरको टेक्टरमा मोटरसाइकल ठोक्कीएको थियो ।
घटनास्थलमा प्रहरी पुगेर आगो निभाएको छ । मोटरसाइकल नम्वर र मृतकको पहिचान हुन सकेको छैन ।
मोटरसाइकल सडक बाट तल झरेर पुर्णरुपमा जलेको छ । घटनाको पुर्ण बिवरण आइसकेको छैन ।