गरुडा एक होटलमा २ जना केटीसहित ४ केटा प्रकाउ

1430

रौतहट १ मंसिर । रौतहटको मुख्य ब्यापारी केन्द्र गरुडा स्थित एउटा होटेलमा प्रहरीले छापामारी गर्दा दुईजना केटी सहीत सातजना पक्राउ परेका छन ।बिषेश सुचनाको आधारमा प्रहरीले गरुडा स्थित होटेल खुसीमा छापामारी गर्दा संबेदनसिल अवस्थामा रहेकी दुईजना केटी र चारजना केटालाई पक्राउ गरेको हो ।

शनिवार साँझ ५ बजे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रिपेन्द्र शिंहको कमाण्डमा गएको टोलीले होटेल खुसीमा छापामारी गर्दा अर्धनग्न दुई केटीका साथै त्यसै अवस्थामा पाँचजना केटा पक्राउ परेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरुमा बौधीमाई नपा ५ का चन्द्रिका साह,वडा ३ का बिनोद ठाकुर लोहार,राधेश्याम प्रसाद कुश्वाहा,गरुडा नपा जिंगडियाटोलका शेख साजीद आलम र हाटेल सञ्चालक गरुडा ५ महमदपुरका बिन्दा साहका छोरा शिवप्रसाद साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिएका छन ।