आलमलाइ ब्यानको लागि अदालत उपस्थित

721

रौतहट // पुर्व मन्त्री तथा सांसद मोहम्मद  अफताव आलमलाई प्रहरीले जिल्ला अदालत गाैरमा बयानका लागि ल्याएको छ । आज बिहान ११ बजे आलमलाइ प्रहरीले अदालत उपस्थित गराएको हो । जिल्ला अदालत गौरका न्यायाधीश दिपक ढकालको ईजालसमा आलमको बयान लिने काम भइरहेको छ । 

८ सय पेजको मिसिल सरकारी वकिलको कार्यलयले जिल्ला अदालतमा बुझाएको छ । सदरमुकाम गौर र जिल्ला अदालत वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ ।