रौतहटमा दाइजो बापत रकम नदिएमा एक जनाको मुत्यु

646

राकेश यादव , ७ कार्तिक रौतहट जिल्लाको मौलपुर नगरपालिका वड़ा नम्बर २
मर्यादपुरमा एउटा विबाहिता महिलाको हत्या भएको छ । हत्या गरेर ससुराली पक्ष हरुले शव भारतमा लागिदै गर्दा हल्ला भए पछि वीरगंज स्थित नारायणी अस्पतालमा लगेर राखेकोमा पर्सा प्रहरीले मृतकका पतिलाइ नियंत्रणमा लिएको छ । घारयसी सामान्य विबाद तथा दाइजो बापत रकम नदिएको निहुमा छोरी २५ वर्षीय पूजा कुमारी जायसवालको
मंगलवार हत्या गरेको मृतकका पिता रूप नारायण चौधरीले
आरोप लगाएका छन । विहिवार गौरमा पत्रकार सम्मलेन गरेर मृतकका माइती पक्षले हत्या गरेको आरोपितलाइ प्रहरीले राजनितिक आड़मा संरक्षण गर्न लागेको समेत आरोप लगाएका हुन । मंगलवार दिउँसो करीव ३ बजेको समयमा लोग्ने अनिल किशोर जायसवाल, ससुरा त्रिलोकी प्रसाद जायसवाल , सासु चमेलिया देवी , देवर श्याम किशोर जायसवाल र काका ससुरा लालबाबू प्रसाद जायसवालले योजना बनाएर छोरीको हत्या गरी प्रमाण नस्ट गर्ने उदेश्यमा शव जलाउन भारत तरफ लागिदै गरेको बताएका छन ।
हत्या पछि ससुरालीको गाउबाट फोन मार्फत जानकारी
भए लगतै नजिकमा रहेको मौलापुर प्रहरी कार्यालयका प्रहरी
निरीक्षक गौतम बोहरालाइ जानकारी गराएको बताउँदै चौधरीले घटना स्थलमा जान आनाकानी गरे पछि जिल्ला
प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर
खत्रीलाइ खबर गरेको जनाए । प्रहरी उपरीक्षकको आदेशमा घटना स्थल पुगेका प्रहरी निरीक्षक बोहराले पीड़कको कुरामा लागे पछि पर्सा प्रहरीलाइ खबर गर्दा शव सहित लोग्ने अनिललाइ नियंत्रणमा लिएको सुनाए । घटना सुने पछि बूबा ,काका र दाई समेत मर्यादपुर पुगेको थियो । घटना काका ससुरा लालबाबू जैस्वालको इशरामा भएको मृतकका बुवाको दावी रहेको छ ।
मृतक पूजाको काका जोत नारायण चौधरीले प्रहरी हत्या
गर्ने संग साठगांठ गरेको बताएका छन । प्रहरीलाइ भन्दा
पनि पक्राउ गर्न तथा जाहेरी लीन समेत इंकार गरेको
उनले खुलाशा गरेका छन !
हत्या जस्तो घटनामा रौतहट प्रहरीले आरोपित खुल्ला रुपमा
घुम्दै रहेको अवस्थामा नियंत्रणमा लीन नचाहेकोले
पीड़कहरुले राकामि चलखेल गरेको पीडि़त पक्षको भनाइ
रहेको छ । जिल्ला प्रहरी कार्यालयमा गएर भन्दा प्रहरीले
निजी गाडी भाड़ा गरे मात्र घटना स्थलमा जाने भनेको
बताउँदै गाडी भाड़ा गराउँदा नगएको जोत नारायणले
बताए ।
आखाबाट आसु झार्दै मृतक का दाई लालबाबू चौधरीले
भने बहिनिको हत्या सुनियोजित ढंगबाट गरिएको भए पनि
प्रहरी ढाकछोप गर्ने तरफ लागेको बताए । बहिनीको
हत्या भएको सुने पछि बहिनी पूजाले प्रयोग गर्दै आएको

मोबाइल नम्बर ९८१११०३६८० मा गर्दा लालबाबूले रिसीभ
गरेर गाडीमा राखेर वीरगंज पठाएको भनेको बताए ।
दोस्रो पटक सोही नम्बरमा फोन गर्दा अंशु देवीले
रिसीभ गरेर मरिसकेको भने तेस्रो पटक फोन गर्दा लालबाबू
जैसवालको छोरीले रिसीभ गरेर हर्ट अटैक भएको कारण
मृत्य भएको जानकारी गरेको बताउँदै तीन पटकमा फरक
फरक कुरा आउदा हत्या भएको पुस्टि भैरहेको उनले दावी
गरेका छन ।

मृतक पूजाको साढ़े चार वर्ष र अढ़ाई वर्षको
गरी दुइ छोरा रहेको र छोराहरु को अवस्था अज्ञात राखेको
हुदा ती दुवै बालकको ज्यान जोखिममा रहेकोले अवस्था
सार्वजानिक गर्न समेत प्रहरी सित अपील गरेका छन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पपु नायकले
हत्या नभई आत्महत्या भएको बताएका छन । वीरगंजमा
गरिएको पोस्टमार्टमले आत्म हत्या भएको देखिएकोले
हत्याको अभियोगमा मुद्दा चलाउन नमिल्ने मृतकका माइती
पक्षलाइ जानकारी गराएको समेत बताएका छन ।