भर्खरै रौतहटमा गोलि चल्यो

713

रौतहट कार्तिक १३। रौतहट जिल्लाको सदरमुकाम गौरमा एक भार्तीय नागरिकलाई अपराधी समुहले गोली हानी गम्भीर घाइते बनाएका छन्। रौतहट जिल्लाको सदरमुकाम गौर वडा नंबर २ मा डेरा लिई बसोबास गर्दै आएका सिवहर जिल्लाको अदलपुर निवासी ४५ बर्षीय बिजय गुप्तालाई सुदर्शन आई केयर नजिक बाँया पट्टीको पेटमा गोली हानी गम्भीर घाइते बनाएका छन्। सदरमुकाममा गोली चल्न साथ सुरक्षा ब्यवस्था कडा गरिएका छन्। गौर अस्पतालमा सुबिधा नभएको कारण घाईते गुप्तालाई थप उपचारका लागि बिरगंज रेफर गरिएको प्रहरी निरीक्षक पप्पु नायकले जनाएको छ।