कालोपटी बाँधेर मौन प्रदर्शन गर्ने : नौशाद आलम

1005

राकेश यादव , ७ कार्तिक
राजपुर बम काण्डका आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलंवित सांसद मोहमद आफताव आलमको पक्षमा शुक्रवार नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्ने भएको छ ।जिल्ला कार्य समितिको विहिवार संपन्न भएको बैठक बाट दवाव सृजना गर्ने उदेश्यले शान्तिपूर्वक मौन प्रदर्शन गर्ने निर्णय गरेको हो ।
कार्य समितिको बैठकवाट भएको निर्णयको सार्वजानिक गर्दै नेपाल तरुण दल रौतहटका जिल्ला अध्यक्ष शेख नौशाद आलमले शान्तिपूर्वक कालो पटी बाँधेर मौन प्रदर्शन गर्ने बताएका छन । अदालतले दिएको दोस्रो पटकको म्याद आज सकिदै छन । शुक्रवार तेस्रो पटकको म्याद थपको लागि प्रहरीले आलमलाइ अदालतमा पेश गर्ने छन । पक्राउ परेको सांसद आलमको विषयलाइ लिएर गौरमा व्यापक प्रहरीको परिचालन गरिएको छ ।
पत्रकार सित कÞुरागर्दै अध्यक्ष आलमले निरंकुश सरकारले बम काण्डको झूठो आरोपमा सांसद आलमलाइ पक्राउ गरी अनुसन्धानको बहानामा हिरासतमा राखेको दावी गरेका छन । प्रदर्शनमा जिल्ला भरिका कांग्रेसका कार्यकर्ता समर्थक सहभागी हुने उनले बताए । आरोप लागेको घटनाको सम्वन्धमा निष्पक्ष छानविन हुनु पर्ने मांग रहेको बताए ।
अध्यक्ष आलमले सरकारको विरुद्धमा कालो पट्टी लगाएर मौन प्रदर्शन गरिने बताए । मधेशी क्रांति चौक देखि निस्कने मौन रैली नगर परिक्रमा गरिने कार्यक्रम रहेको छ । १२ वर्ष पहिला भएको बम विस्फोटको आरोपमा प्रहरीले सांसद आलम लाइ गएको आसोज २६ गते नियंत्रणमा लिएको थियो ।
पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरी सकेको छन भने तेस्रो पटकको लागि शुक्रवार म्याद थपलाइ अदालतमा पेश गरिने छन ।