सुबिसुले ल्यायो वल्र्डकप क्रिकेटको अवसरमा छुटसहितको सेवा

480

हेटौंडा– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्र्डकपकोे अबसर पारी क्लियर टिभी तथा इन्टरनेट सेवाको नयाँ मूल्य निर्धारण गरेको छ । विश्वकप क्रिकेट २०१९ लाई लक्षित गर्दै नेपाली दर्शकले राम्रो क्वालिटिका साथ उचित मूल्यमा मनोरञ्जन प्राप्त गरुन् भन्ने उद्देश्यले कम्पनीले आफ्ना सेवाहरुमा छुटसहितको आकर्षक मूल्य ग्राहकहरु माझ प्रस्तुत गरेको हो ।

नेपाली दर्शकलेरु. २५८ प्रतिमहिनामा २४५ डिजिटल च्यानलहरुका साथमा ५० आकर्षक एच.डि च्यानलहरु हेर्न पाउने व्यवस्था गरिएको छ । यस्तै क्लियर टिभी, र २५ एमबिपिएस इन्टरनेट सेवा एक् हजार २ सय १६ रुपैयाँमै उपलब्ध गराइने सुविसुले विज्ञप्तिमार्फत जनाएको छ ।

यो सेवा प्राप्त गर्न ग्राहकहरुले एक बर्षको अग्रिम भूक्तानी गर्नुपर्नेछ भने कम्पनीको केही सर्त तथा नियमहरु लागू हुने बताइएको छ । सुुबिसु केबलनेट प्रा. लि., नेपालले नेपालको पहिलो डिजिटल केबल टेलिभिजनको रुपमा सेटअप बक्समार्फत क्लियिर टिभी सेवा प्रदान गर्दै आएको छ ।


सुबिसु केबलनेट प्रालिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पिट्रान्जिट, एम.भि.पि डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।