गर्मी बढेपछि हेटौंडाका विद्यालय पाँचदिनका लागि बन्द

679

हेटौंडा– तापक्रम अत्याधिक बढेपछि हेटौंडाका सामुदायिक विद्यालयहरु पाँचदिनका लागिब बन्द गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका कार्यालयले आइतबार सूचना जारी गर्दै केह दिनयता बढ्दै गएको गर्मीका कारणले विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीहरु विरामी हुने दर बढेको असार २ गते सोमबारदेखि असार ६ गते शुक्रबारसम्म सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

तीनदिनदेखि हेटौंडाको तापक्रम करिब ४० डिग्रि सेल्सियस पुगेको अनुमान गरिएको छ । विद्यार्थी विरामी हुने क्रम बढेस“गै विभिन्न विद्यालयबाट आएको अनुरोधलाई मध्यनजर गर्दै पाँच दिनका लागि उपमहानगरभित्र सामुदायिक विद्यालय बन्द गर्न पत्राचार गरिएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाकी शाखा अधिकृत सरस्वती कोइरालाले बताइन् । वर्षे विदामा कटौती हुने गरी पाँचदिनको बिदा दिइएको उनको भनाइ छ ।

भूकम्प कारण भत्किएका विद्यालयहरु पुनर्निर्माण भइरहेको र हाल विद्यार्थीहरु अस्थायी शिक्षण केन्द्रमा बसेर पढ्नुपर्ने कारण गर्मी बढेपछि झनै समस्या देखिएको हो । गर्मीले सिकाई केन्दको जस्ता तातेर विद्यार्थी बेहोस हुने क्रम बढेपछि बाध्य भएर विद्यालय बन्द गर्ने निर्णय गरिएको बताइएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र एकसय १५ वटा सामुदायिक विद्यालय रहेका छन् ।